अफ्रिकन कप अफ नेसन्समा नाइजेरियाकाे जित

100

एजेन्सी  । नाइजेरियालाई १–० को नतिजा सुम्पिएको छ । त्यस्तै, म्यानचेस्टर सिटीका स्टार रियाद महारेजको अल्जेरिया पनि गोलरहित बराबरीमा रोकिएको छ ।

योसँगै प्रतियोगिताअघि गरिएका अनुमानहरूलाई सुरुका तीन दिनका नतिजाले गलत सावित गरिदिएका छन् । साविक विजेता अल्जेरियालाई कमजोर मानिएको सिएरालियोनले बराबरीमा रोकेको हो । सिएरालियोनले २६ वर्षपछि पहिलोपटक ठूलो प्रतियोगिता खेलेको हो ।

क्यामरुनमा जारी प्रतियोगितामा अल्जेरियालाई फेरि पनि बलियो दाबेदारका रूपमा हेरिएको छ । अल्जेरिया सन् २०१८ पछि ४० खेलमा अपराजित छ ।

त्यस्तै, खेलाडीका रूपमा इजिप्टका सालाह सबैभन्दा ठ्रला नाममध्येका एक हुन् । लिभरपुलका स्टार फरवार्ड सालाह प्रिमियर लिगमा जारी सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले प्रिमियर लिगमा १६ गोल गरिसकेका छन् । सालाहलाई अहिले विश्वकै उत्कृष्ट खेलाडीका रूपमा पनि चर्चा गर्न थालिएको छ ।

तर, मंगलबार राति लिभरपुलका सालाह र सिटीका महारेजको टोलीले अपेक्षाकृत नतिजा निकाल्न सकेनन् ।

नाइजेरिया पछिल्लो समय संकटमा रहेको टिम हो । विशेषगरी गएको महिना प्रशिक्षक गेर्नोट रोहरलाई बर्खास्त गरिएको छ । उनको स्थानमा अगस्टिन इगुवाभोएनलाई अन्तरिम प्रशिक्षकका रूपमा जिम्मेवारी दिइएको छ । त्यस्तै, नाइजेरियामा महत्त्वपूर्ण स्ट्राइकर भिक्टर ओसिमहेन पनि उपलब्ध थिएनन् ।

त्यही नाइजेरियाका लागि मंगलबार राति लेस्टर सिटीका फरवार्ड केलेची इहेनाचोले ३०औँ मिनेटमा गरेको गोल इजिप्टलाई हराउन पर्याप्त बन्यो । इजिप्टका सालाहले गोलको एउटा राम्रो अवसर पाएका थिए । तर, उनको प्रयासलाई नाइजेरियाका गोलकिपर मडुका आकेएले बचाइदिएका थिए । सालाहको प्रहार ओकेएको बायाँ खुट्टामा लागेर फर्किएको थियो ।

जितपछि नाइजेरिया तीन अंकसहित समूह ‘डी’को शीर्ष स्थानमा छ । समान एक अंक जोडेका गिना–विसाउ र सुडान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । इजिप्ट अन्तिममा छ । सुडान र गिना–विसाउले गोलरहित बराबरी खेलेका थिए ।

बराबरीमा रोकिनुका बाबजुद अल्जेरिया एक अंकका साथ समूह ‘ई’को शीर्ष स्थानमा छ । समान एक अंक जोडेको सिएरालियोन दोस्रो स्थानमा छ । सिएरालियोनले १९९६ पछि पहिलोपटक अफ्रिकन कप खेलेको हो । समूह ‘ई’मा आइभोरी कोस्ट र इक्वेटोरियल गिनीले खेल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here