‘मास्क बैंक’ पुनः सञ्चालनमा

72

झापा ।  नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई मंगलवारदेखि सञ्चालनमा ल्याएको हो।

बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए। उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो। कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य  पुनः सञ्चालनमा आएको हो।

बैंकबाट हिजाे विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ। बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थिए।

सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उनले जानकारी दिए। उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिएकाे हाे ।

‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here