आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाए

65

काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा चार हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर गर्दा चार हजार ८०७ जनामा संक्रमण देखिएको हो।  त्यसैगरी ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण देखिएको छ।

पीसीआर र एन्टीजेन गरेर कुल १९ हजार ८६९ जनाको परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको छ।  २४ घण्टामा पाँच हजार ४३२ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ। अहिले देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here