काठमाडाैं । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयद्वारा हिजो (माघ १३ गते) जारी प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
गृहको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघले आशंका व्यक्त गरेको छ।
विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।


















