कथानक चलचित्र ‘बर एण्ड बधु’मा आँचल शर्मा

112

काठमाडौं ।  कथानक चलचित्र निर्देशक तथा निर्माता मिलन चाम्स राईको आगामी चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्रीको रुपमा आँचल शर्मा रहने भएकी छन्।

राईले सामाजिक सञ्जालमार्फत् शर्मालाई चलचित्रमा लिइएको जानकारी दिएका छन्।

प्रेम कथामा आधारित चलचित्रमा आँचल मुख्य भूमिकामा देखिने छिन्। कथानक चलचित्रको छायांकन कोरोना महामारी कम भएसँगै फागुन महिनाबाट सुरु गर्ने योजना रहेको उनले बताएका छन्।

फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। चलचित्रका अन्य कलाकार आगामी दिनमा निधो गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रमा आँचलले भने ‘बधु’को भूमिकामा देखिने पक्का भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here