जाेरविजोर प्रणाली हटाउन सिफारिस

91

काठमाडौैं। काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको कारण कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले जोर विजोर प्रणाली हटाउन सिफारिस गरेको जनाइएको छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकपछि सोमबारदेखि लागू हुनेगरी जोर विजोर प्रणाली हटाइने बताइएको छ। अहिले निजी सवारीसाधन र ट्याक्सीमा जोर विजोर प्रणाली लागू रहेको छ। चर्को विरोधपछि यसअघि सार्वजनिक यातयातको जोर विजोर हटाइएको थियो।

त्यस्तै विद्यालयको हकमा भने माघ महिनाभरि बन्द कायमै रहने बताइएको छ। फागुनदेखि विद्यालय खुल्नसक्ने सीसीएमसीका अधिकारीहरुले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here