शरीरमा ८५ वटा चम्चा अड्याएर एक इरानकी नागरिकले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । इरानको अकराजका ५० वर्षीय एबोलफाजल मोख्तारीले यस्तो कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नै ६४ वटा चम्चाको कीर्तिमान भंग गर्दै ८५ वटा चम्चा शरीरमा अड्याएर विश्व कीर्तिमान कायम गर्दै गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् ।
उनले सानै उमेरदेखि आफ्नो शरीरमा चम्चा अड्याउने प्रयास गर्दै आएका थिए । उनले समतल सतह भएका गिलास, प्लास्टिक, ढुंगा, काठदेखि विभिन्न चिजहरु शरीरमा अड्याउन सक्ने दाबी गरेका छन् । योभन्दा पहिले स्पनको मार्काेस रुइज सेबालोसको नाममा शरीरमा सबैभन्दा बढी चम्चा अड्याउने कीर्तिमानी थियो ।


















