काठमाडौं । आन्तरिक राजश्व कार्यालय, नयाँ बानेश्वरले २०७८ पुस २५ गते सार्वजनिक सूचना जारी गर्दै २०७८ पुस २३ गतेसम्म बक्यौता दाखिला गर्र्नको लागि ९६ जना करदातालाई उर्दी जारी गरेको थियो । कार्यालयले ७ दिनको समय सीमा तोकेर मूल्य अभिबृद्धि कर बक्यौता अभिलेख बमोजिम मुअक तिर्न, बुझाउन बाँकी रहेकाहरुलाई उक्त समयभित्र दाखिला गर्न सार्वजनिक सूचना प्रकाशितगरेपछि केही करदाता सम्पर्कमा आएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले एक साताको समय दिएर बक्यौता दाखिला नगरेको खण्डमा मुअक ऐन २०५२ को दफा २१ को उपदफा (१) मा उल्लेखित प्रक्रियामार्फतउक्त बक्यौता रकम असुल उपर गर्न कानूनी कारवाहीको प्रक्रिया समेत अगाडि बढाइने चेतावनीसमेत कार्यालयले दिएको थियो । कार्यलयको सो चेतावनीपछि बक्यौता तिर्न बाँकी रहेका कारदाताहरु कार्यलयको सम्पर्कमा आएर धमाधम बक्यौता रकम दाखिला गर्न थालेको स्रोतले उल्लेख गरेको छ ।
सरकारलाई अटेर गरी समयमा कर नतिर्नेहरुमा उच्च घरना, नाम चलेका व्यवसायी र ‘क’ बर्गका निर्माण व्यवसायी कम्पनीहरु अझ बढी रहेको प्रकाशित सूचनामा उल्लेख छ । सरकारलाई तिर्नुपर्ने मूल्य अभिबृद्धि कर बापतको लाखौं अनि करोडौं राजश्व रकम बक्यौता बाँकी नतिरी उनीहरुनै समाजमा खुल्लमखुल्ला रुपमा व्यवसाय गरिरहेको भेटिन्छन् । त्यति हुँदा पनि तिनीहरुलाई सरकारलेकारवाही रदण्ड सजायं गर्न सकिरहेको छैन । करोडौं बक्यौता राजश्व नबुझाउनेहरु उल्टै करोडौं मूल्य पर्ने गाडी र महलमा यश आरामका साथ मोजमस्ती गरेर जीवन बिताइरहेका छन् । को–को छन त्यस्ता अटेर गर्नेहरु पढौं ।
करोडौं रकम बक्यौता नतिर्ने
भ्याट नम्बरसहितका करदाता चिनौ
भ्याट नम्वर ६०१८९०२०८ सनलाइट मल्टिपर्पोज प्रा.लि.ले सरकारलाई १३ करोड १५ लाख ५३ हजार ९ सय ४२ रुपैयाँ कर बक्यौता तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । यस्तै भ्याट नं. ६०३२४७०८० लामा विल्डर्स÷बाम्ती जेभीले ५ करोड ९० लाख ८५ हजार ६ सय ३३ रुपैयाँ कर बक्यौता तिर्न बाँकी छ । भ्याट नं. ३०३४०४७१६ मेरिगोल्ड नेपाल प्रा.लि.ले ५ करोड ११ लाख ५४ हजार ४ सय २६ रुपैयाँ कर बक्यौता र देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले ३ करोड ८ लाख १८ हजार ९ सय ५९ रुपैयाँ कर बक्यौता तिर्न बाँकी रहेको कर कार्यालयले सार्वजनिक सूचना प्रकाशितगरेको छ ।
भ्याट नं. ३०३९६३०७३ प्राइड कन्ट्रक्सन प्रा.लि. २ लाख ७० हजार २६ हजार १ सय ६५ रुपैयाँ र ६०४२७२७०४ भ्याट नम्बर भएको ब्रोन्जी ट्रेड प्रा.लि.२ करोड ५२ लाख ९८ हजार ९ सय ९ रुपैयाँ सरकारलाई कर बक्यौता तिर्न बाँकी रहेको बताइएको छ । भ्याट नं ६०४८१५११८ राजेन्द्र–जलजला जे.भिले २ करोड ३० लाख ६९ हजार २ सय ४७ रुपैयाँ र भ्याट नं ३००९७५०१५ विरुवा कन्ट्रक्सन प्रा.लि.ले १ करोड ७५ लाख ३ हजार ४ सय ५१ रुपैयाँ कर बक्यौता तिर्न बाँकी रहेको छ । भ्याट नम्बर ३०४३७०५२२ सनलाइट ट्रेड एण्ड सप्लायर्स १ करोड ५९ लाख १२ हजार ९ सय २२ रुपैयाँ र ६०४८१९२५५ भ्याट नम्वर भएको कनटेक–कान्छाराम–कोशी एण्ड न्यौपाने जे.भी.ले १ करोड ३७ लाख ४४ हजार ९ सय ६८ रुपैयां सरकारलाई कर बक्यौता बुझाउँन बाँकी रहेको बताइएको छ ।
भ्याट नम्बर ६००५५३९७५ शर्मा÷डाँफे÷कान्छाराम जेभीले १ करोड ४२ लाख ५ हजार ६ सय २५ रुपैयां र भ्याट नम्वर ६००३३०५७२ लामा विल्डर्स÷विरुवा जेभी १ करोड ३३ लाख ९६ हजार २ सय ५० रुपैयां बक्यौता बुझाउन बाँकी रहेको देखिन्छ । भ्याट नं ६००५५४९५२ लामा विल्डर्स÷कञ्चनजंघा जेभीले १ करोड ३१ लख ५२ हजार ४ सय ९४ रुपैयाँ र ६०२१४६९६२ भ्याट नम्वरका जे.आइ.ई.सी÷पप्पु जेभीले१ करोड २६ लाख १४ हजार १ सय ७ रुपैयां र बज्रगुरु÷दि कञ्चनजङ्गा÷शंकरमाली जे.भी.ले १ करोड १७ लाख २६ हजार ३ सय १५ रुपैयाँ बक्यौता बुझाउनु पर्ने भएको छ । भ्याट नं ६०२८३८४१६ अमात्य इन्टरनेशनल सप्लायर्स, किरण सप्लायर्स र जि.एण्ड.जि. सप्लायर्स जे भीले १ करोड ९७ हजार ६सय ३८ रुपैयाँ र भ्याट नं.३०३९६२२७६ ऐस्टर टेलिसर्भिसेज नेपाल प्रा.लि.ले २ करोड २७ लाख ७१ ह्जार ९ सय ८६ रुपैयाँ कर बक्यौता तिर्न बाँकी राखेको छ । एपेक्स ÷सि.एम ÷पुष्पाञ्जली जे.भी.ले ३ करोड ७२ लाख ८८ हजार भन्दा बढी कर बक्यौता बुझाएको छैन ।
लाख भन्दा बढी बक्यौता नतिर्नेहरु
भ्याट नं ३०३८५८२१० ग्राफिक्स इन्टरेरियल सोलुसन प्रा.लि. ले ९७ लाख ३४ हजार १ सय २४ रुपैयाँ र भ्याट नं. ६०५७६७४६३ बाबा हंस ÷सिद्धिसाई प्रकाश जे.भी.ले ९४ लाख ९५ हजार ७ सय नौ रुपैयाँ कर बक्यौता असुल गर्न बाँकी रहेको सार्वजनिक सुचनामा उल्लेख छ । भ्याट नं. ६०१५००२३१ लामा विल्डर्स÷टक्सार जे.भी. ले ८६ लाख ७६ हजार ८ सय १ रुपैयां र भ्याट नं. ३०४०१६५४९ देउराली टे«डिङ्गले ८५ लाख ८५ हजार ८ सय २० रुपैयाँ रभ्याट नं ६०१८५४५८१ एम.टि.टे«निङ नेपाल प्रा.लि.ले ८२ लाख ५२ हजार १ सय ३५ रुपैया कर बक्यौता सरकारलाई बुझाउन बाँकी प्रकाशित सूचनामा जनाइएको छ ।
भ्याट नं ३०४७२३८६९ रौताहा÷देउती÷सगरमाथा जे.भी.ले७६ लाख ९४ हजार १ सय ५४ रुपैयाँ र ६०४८१८६३८ आशिष–विरुवा–सि.एम. जे.भी ६९ लाख २९ हजार ६०८, ६०१६४१५८३ भ्याट नं रहेको लुम्बिनी– एपेक्स जे.भीले७१ लाख ७२ हजार ५ सय ३ रुपैयाँ र भ्याट नं ६०३०८५८८४ रहेको शिवम इन्टरप्राइजेज एण्ड टेडर्स ६९ लाख ९० हजार ८९ रुपैया कर बक्यौता बुझाउन बाँकी रहेको कर कार्यालयले जनाएको छ ।
त्यसैगरी भ्याट नं ६०३४६०२७४ विरुवा÷श्रेष्ठ÷एपेक्स जे.भी.ले ६९ लाख ३८ हजार ९ सय ९१ रुपैयाँ र ६०४२४४०२६ भ्याट नम्वर भएको इन्टिग्रेटेड ईनर्जी म्यानेजमेन्ट ग्रुप प्रा.लि.ले ८६ लाख २२ हजार ७ सय ७ रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ । ६००७५७४९४ भ्याट नम्बरका कान्छाराम÷डाँफे जे.भी.ले ५१ लाख ६८ हजार २ सय ७९ रुपैयाँ र दि कञ्चनजंघा÷पि.एस. जे.भी.ले ६० लाख ५९ हजार ७ सय ६५ रुपैयाँ कर बक्यौता सरकारलाई बुझाउन बाँकी रहेको छ ।
लाखौ रकम कर बक्यौता बाँकी राख्नेहरुमा अश्मिता कलेक्सन ट्रेडको ५९ लाख ३४ हजार ६ सय, तुलसी भक्त÷आमा डब्लम जे.भी.को ५९ लाख ४७ हजार ९२ र धुकुछु ÷कान्छाराम÷हिम्डुङ एण्ड थोकर जे.भी.ले ५६ लाख ९० हजार ८ सय ९० रुपैयां कर बक्यौता रहेको बताइन्छ । एड्भान्स माकेटिङ्ग प्रा.लि.ले ६५ लाख८ हजार, श्याम सुन्दर–सि.एम. जे.भी.ले ३४ लाख ९२ हजार रश्री शंखरमाली मिचिको÷ अस्मिता जे.भि.ले ५४ लाख ८६ हजार रकम कर बक्यौता तिर्न बाँकी रहेको देखिएको छ । लोकप्रिय निर्माण सेवाले ५३ लाख ८३ हजार, शिवालिक हाइड्र्रो प्रा.लि. ५३ लाख ६२ हजार र नयाँ बानेश्वरमा रहेको खानी÷मिसन जे.भी.ले २२ लाख ६९ हजार बक्यौता बुझाउन बाँकी रहेको कर कार्यालयले जनाएको छ ।
लामा÷कान्छाराम कन्स्ट्रक्सन जे.भी.ले ५२ लाख ३६ हजार, द कञ्चनजंगा ÷लामा बिल्डर्स जे.भी. ५० लाख ६७ हजार र सिरुवा शंखरमाली समानान्तर जे.भी.ले ४८ लाख ४३ हजार कर बक्यौता बुझाउन बाँकी रहेको छ ।
इजी जब लिंक प्रा.लि.ले ४७ लाख १२ हजार,श्री पवन ढुवानी सर्भिस प्रा.लि. ४६ लाख १८ हजार र बि.टि.– शिवराम जे.भी.ले ४४ लाख ५९ हजार र इम्मानुएल कन्स्ट्रक्सन प्रा.लि.ले ४३ लाख ४४ हजाररकम कर बक्यौता बुझाएका छैनन । महादेव खिम्ती÷अकेला जे.भी.ले ४३ लाख २६ हजार, ए.डि. ÷त्रिवेणी ÷ शालिक जे.भी.ले ४२ लाख २९ हजार र नन्द किशोर गोश्वामीले ४१ लाख ४८ हजार रकम कर बक्यौता बुझाएका छैनन । लोहनी एण्ड व्रदर्स ÷स्काई विल्र्डस जे.भी.ले ४१ लाख ३२ हजार, अरनिको ÷बाम्ती जे.भी. ४१ लाख ४२ हजार, शंखरमाली–प्रधान–पुमोरी जे.भी.ले ३५ लाख र अमर÷शंखरमालि–अकेला ÷गौरीपार्वती÷अस्मिता जे.भी.ले ३४ लाख ४२ हजार कर बक्यौता तिरेका छैनन । केबल टेलिभिजन नेटवर्क अफ नेपाल प्रा.लि. ले ३३ लाख, ट्वेन्टी फोर सेभेन रेन्टल सर्भिस प्रा.लि.ले ३ करोड १९ लाख रश्रीम उष्मा ÷गौरी पार्वती÷साबन इलोक्ट्रीकल्स जे.भी.ले ३ करोड १४ लाख बक्यौता कर रकम कर कार्यालयमा दाखिला गरेका छैनन ।
लामा ÷खम्पाचे÷ए.डि. जे.भी. ३१ लाख ४० हजार, प्रधान विल्र्डस प्रा .लि.ले ३३ लाख,६७ हजार, स्काई विल्डर्स प्रा.लि.ले ३४ लाख ५६ लाख, खानी– जलजला जे.भी.ले ३० लाख ९५ हजार,ओम स्वस्तिक टे«डिङ्ग प्रा.लि.ले ३० लाख ९९ हजार,सुर्य÷पुष्पाञ्जली जे.भी. २९ लाख ४५ हजार, शंकरमाली÷अकेला जे.भी.ले २५ लाख ९४ हजार र ए.डि.÷हिमालयन ÷पि.एन.एस जे.भी.ले २८ लाख ९४ हजार भन्दा बढी रकम कर बक्यौता बुझाउन बाँकी रहेको सार्वजनिक सूचनामा जनाइएको छ । के भन्छ कर कार्यालय?
सार्वजनिक सूचना जारी गरेर व्यवसायीलाई बक्यौता कर तिर्नको लागि ताकेता गरेपछि केही व्यवसायीहरुसम्पर्कमा आएको प्रमुख कर अधिकृत देवानन्द काफ्लेले साँघुलाई जानकारी दिए । करोडौं बक्यौता रहेका केही करदाताहरुले भने एकमुष्ट नभई किस्ताबन्दीमाबक्यौता रकम दाखिला गर्दै आएकोजानकारी पनि उनले दिए ।
















