नर्भिकले आफ्नो मुख्य भवनबाट फागुन १ गतेदेखि काेराेना नभएका विरामीकाे उपचार सेवा दिने

276

काठमाडौं ।  कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्‌कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ।

कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो।

तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रुपमा नन्‌कोभिड सेवा मात्र प्रवाह गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। कोभिड क्रिटिकल युनिट १५ शय्याको छ।

उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here