त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा

333

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।

शुक्रबार एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन्।

एरोशानसँगको सहकार्यका बनेको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट छ।

महिला–पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ।

उद्घाटन कार्यक्रममा मेयर शाक्यले काठमाडौं महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा–सुविधा वितरण रहेको बताए।

यो शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री भएको मेयर शाक्यले बताए।

नवनिर्मित शौचालयमा आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ।

यसमा स्वचालित प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली पनि जडान गरिएको छ। यस्तै, यस शौचालयमा महिलालाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्यान्ड ड्रायर) जस्ता सुविधा जडान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here