एमसीसी सम्झौताबिरुद्ध आजको नेपाल बन्द आक्रामक हुने संकेत ! गृह मंत्रालयको कडा उर्दी !! गतिविधिमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासनलाई निर्देशन !!!

239

काठमाडौं  / एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सडक आन्दोलन गर्दै आएका ६ बाम पार्टीहरुले आज ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।सरकारले जसरी पनि एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । बन्द कार्यक्रम आक्रामक हुने सम्भावनालाई ध्यान दिंदै गृह मन्त्रालयले एमसीसी सम्झौताका विरुद्धमा भनेर घोषणा भएका विरोध प्रदर्शन लगायतका गतिविधिमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले मंगलबार साँझ भएका राँके जुलुस तथा बुधबार आह्वान गरिएको नेपाल बन्द लगायतका गतिविधिमाथि निगरानी बढाउन उर्दी जारी गरिएको छ ।

राष्ट्रघाती सम्झौता पारित गर्न तत्पर रहेको देउवा सरकारले जारी गरेको परिपत्रमा कानुन विपरितका गतिविधि ९विरोध०का कार्यक्रमहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता  र निगरानी बढाइ समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन भनिएको छ।

जिल्ला प्रशासन कार्यालयहरुका नाममा जारी गरिएको निर्देशनका सन्दर्भमा प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धान विभागलाई समेत जानकारी गराइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here