महाशिवरात्रीमा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ निषेध

117

काठमाडौं । महाशिवरात्री पर्व आउँनै लाग्दा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ प्रयोगमा निषेध लगाइएको छ । फागुन १७ गते पर्ने महाशिवरात्रीलाई मध्यनजर गर्दै मेलापर्व अवधि र अन्य समयमा पनि मधिरा बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाउने भएको हो । काठमाडौ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेको पूर्व सीमानादेखि पश्चिम, गौशला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गोरीघट हुँदै बागमतिदेखि दक्षिण क्षेत्रमा यस्ता गतिविधि नगर्ने निर्देशन दिएको छ । उक्त सूचना विपरित तोकिएको क्षेत्रमा कसैले कार्य गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही हुने बताइएको छ । आगामी मंगलबार परेको शिवरात्री मेलाका लागि पशुपति क्षेत्र विकास कोषले तिब्र रुपमा तयारी गरिरहेको छ । कोषले मेलाकै लागि भित्ताहरुमा देविदेवताका आकर्षक चित्रहरु पनि बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here