पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

57

काठमाडौं । पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सोही अवधिमा दुई हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नौ हजार ३२८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मंगलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार २८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल पाँच हजार ३४० जना सक्रिय सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here