आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण

117

काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता लागू भएपछि त्यसको उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुको बारेमा अव निर्णय हुने दाबी गरेको छ। नियमित पत्रकार सम्मेलनमा सोमबार आयोगका प्रवक्ता शालिकराम शर्माले आयोगले स्पष्टीकरण नभइ आचारसंहिता उल्लंघन गरेको कुरामा चित्तबुझ्दो जवाफ पेस गर्न भनेको बताए।

आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एकीकृत समाजवादी र माओवादी केन्द्र समेतलाई आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोधेको थियो। यसरी आयोगले आचारसंहिता उल्लंघनबारे चित्तबुझ्दो जवाफ पेस गर्नु भनि काटेको पत्रमा जवाफ आएकाले अब केही दिनमा निर्णय हुने उनले बताए। निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरु जिल्ला भ्रमणमा रहेका कारण पूर्ण बैठक बस्न नपाएकाले कुनै निर्णय नभएको भन्दै उनले सोमबार सवै आयुक्तहरु काठमाडौं आएकाले अब निर्णय हुने बताए।

प्रवक्ता शर्माले निर्वाचनको समयमा आयोगले इवुलेटिन सञ्चालन गर्ने जानकारी दिए। आयोगले निर्वाचन सम्बन्धी सूचना दिन यस्तो इबुलेटिन प्रकाशन गर्न लागेको उनले जानकारी दिए। वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि विभिन्न प्रदेश र जिल्लामा भ्रमण र अनुगमनको कार्य समाप्त भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here