एकैदिन १० जना काेराेना संक्रमित थपिदा मृत्यु शून्य

106

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ६९१ जनामा परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो।

यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५० पुगेको छ। सो अवधिमा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।     मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शून्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here