नबिल बैंककाे १४ नयाँ शाखा कार्यालय उद्घाटन

88

काठमाडाैं । नबिल बैंकले बिहीबार एकसाथ १४ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको धुम्बाराही–मालीगाउँ, थली र दहचोक, बाराको जीतपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल, इमाडोल, मकवानपुरको चिसापानी, मोरङको पुष्पलाल चोक, रुपन्देहीको मुर्गिया, खैरेनी, सुनसरीको झुम्का, धनुषाको महेन्द्रनगर धनुषा र  ढल्केबरमा शाखा कार्यालय उद्घाटन गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्य एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।     नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।  मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here