बैशाख २८ गते रिभर फल्स पावरको आईपीओ निष्कासन

146

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बैशाख २८ गतेदेखि निष्कासन हुने भएको छ।

यसअघि आयोजना प्रभावितद क्षेत्रका लागि सेयर जारी गरेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here