राजेश हमाललाई ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा निरन्तरता

159

काठमाडाैं । ज्योति लाइफको ब्राण्ड एम्बेस्डरको रुपमा कम्पनीले नायक राजेश हमाललाई नै निरन्तरता दिएको छ ।

कम्पनीको स्थापनाकाल देखिनै हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच बिहीबार पुन: सम्झौता नवीकरण गरिएको हो । सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै हमालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ब्राण्ड एम्बेसडर हमालले ज्योति लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले हमालसँगको सहकार्यले ज्योति लाइफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिए । हमालले पनि ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here