हुम्लामा चुनावकाे अवधिमा मदिरा बिक्री गर्न नपाइने

70

हुम्ला । अगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष भयरहित गर्न हुम्लामा मदिरा बिक्री वितरण बन्द गरिएको छ । निर्वाचनको अवधिभर मदिरा बिक्री वितरण गर्न नपाउने भएको छ ।

२७ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम नतिजा नआउँदासम्म मदिरा बिक्री वितरण गर्न नपाउने हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।

कसैले मदिरा बिक्री गरे प्रचलित कानुन बमोजिम कारवाही हुने प्रजिअ परियारले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here