भक्तपुरको दुई वडामा कांग्रेस विजयी

240

काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सिजन कार्की १२ सय २५ मतसहित विजयी हुनुभएको छ।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर थापा १२ मतले पराजित भएकाे छ ।  साथै नेकपा माओवादी केन्द्रका शिवहरि रोक्काले ६५, नेपाल मजदुर किसान पार्टीका चिनीकाजी अवालको ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक थापाको ३३१ र स्वतन्त्र उम्मेदवार भरतप्रसाद न्यौपानेको २२ मत प्राप्त भएको निर्वाचन अधिकृत कार्यालय, भक्तपुरले जनाएको छ।

महिला सदस्यमा पनि कांग्रेसका मुना गुरुङ, दलित महिला सदस्यमा कांग्रेसका पुजा बर्ढेवा र अन्य दुई सदस्यमा पनि कांग्रेसकै गोविन्द श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ।

मध्यपुर थिमी नगरपालिका-१ मा कांग्रेसका डंगोल विजयी

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोल निर्वाचित हुनुभएको छ। सो पदमा नेकपा एमालेका कृष्ण गोपाल प्याठ भने करिब चार सय मतले पराजित हुनुभयो छ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज कुमार बुढाथोकीको २२६, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीकुमार हेक्काको ४१ मत परेको छ।

महिला सदस्यमा कांग्रेसका सरस्वती खड्का, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियार र सदस्यमा कांग्रेसका कान्छा राम द्वारे र नेकपा एमालेका श्याम कृष्ण प्रजापति निर्वाचित हुनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here