प्रेस सेन्टर, नेपालद्वारा चारजनालाई पुरस्कृत गरिने

59

काठमाडौं । प्रेस सेन्टर, नेपालले कृष्णसेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०७८ र ७९ बाट दुई जनालाई जनही ५० हजार र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार ०७८ र ७९ बाट दुई जनालाई जनही २५ हजार रुपियाँसहित कदरपत्र प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले सोको लागि नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीको अध्यक्षतामा गोविन्द देवकोटा र गङ्गा बरालसहित तीन सदस्यीय निर्णायक समिति गठन गरेको छ ।

वि.सं २०५९ जेठ १३ गते माओवादी ‘जनयुद्ध’को दौरानमा मारिएका पत्रकार तथा सांस्कृतिककर्मी कृष्ण सेन ‘इच्छुक’को जेठ १३ गते एक कार्यक्रमकाबीच साे पुरस्कार वितरण गरिनेछ ।

बैठकमा सम्बाेधन गर्नुहुँदै पत्रकार र सांस्कृतिकर्मीकाे त्याग, तपस्या र बलिदानमा बनेकाे सङ्घीयतासहितकाे अधिकार सुनिश्चित गर्नकाे लागि बनेकाे सत्तापक्षीय गठबन्धनको ऐतिहासिक विजय भएकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेश्वर दाहालले बताउनुभयाे ।

उहाँले सत्तापक्षीय गठबन्धनलाई आउँदो मध्यावधि चुनावमा परिष्कृत लगेर लैजानुपर्नेमा जोड दिनुहुँदै भन्नुभयाे, ”गठबन्धनमा रहेका दल विशेषको हार र जितको विषय प्रमुख नभएको बताउनुहुँदै उहाँले राष्ट्रियता र सार्वभौमसत्ता सम्पन्न जनताको विजय भएको छ।”

यस्तै, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले पत्रकारिता पेशा छाडेर स्थानीय पालिकामा विजयी हुनुभएका प्रमुख र अध्यक्षहरुलाई अधिकतम जनताको पीडा र अभावबारे जानकार भएकाले जनजीविका, स्थानीय विकास, कुशासन र भष्ट्राचारमुक्त समाज निर्माण गर्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here