कामपाका नवनिर्वाचित १ सय ६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतले प्रमाणपत्र प्रदान

162
sf7df8f}F, !^ h]7M gjlgjf{lrt j8fWoIfnfO{ zky sf7df8f}F dxfgu/kflnsfsf gjlgjf{lrt j8fWoIfx?nfO{ ;f]daf/ /fli6«o ;efu[xdf kb tyf uf]kgLotfsf] zky u/fpFb} sf7df8f}F dxfgu/sf k|d'v afn]Gb| zfx . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा सोमबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र शाहलाई शपथ गराएका थिए।

सो लगत्तै प्रमुख शाहले उपप्रमुखमा निर्वाचित सुनिता डंगोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए।  उपप्रमुख डंगोलले नेपाल भाषामा शपथ लिएकी थिइन्।  प्रमुख शाहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए।

शपथ ग्रहण समारोहमा प्रमुखमा निर्वाचित शाह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपप्रमुख डंगोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी भएका थिए। समारोहमा नवनिर्वाचित १६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here