नगरसभाको बैठक लाइभ गर्ने मेयर बालन साहको निर्णय

156

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् ।   प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच नवनिर्वाचित उपमेयर डंगोलले मेयर बालेन्द्र साहबाट पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।

मेयर साहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथग्रहण गराएका थिए । त्यसपश्चात मेयर साहले उपमेयर डंगोललाई शपथग्रहण गराएका हुन् ।  आजै सोही समारोहमा प्रमाणपत्र तथा वितरण गरिएको थियो ।  केही बेरमा ३२ वटै वडाका नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई मेयर साहले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here