डा. प्रमुख अतिथि प्रो. डा. गार्गी शर्माको प्रमुख आतिथ्यतामा उपन्यासकार संघका अध्यक्ष भरत जंगम, चलचित्र निर्देशक रोशन कुमार श्रेष्ठ, पत्रकार गिता अधिकारी, गायककार चिरिञ्जी भण्डारी, ओस एस नेपालका बोर्ड मेम्बर हरि अधिकारी, इन्जिनियर दिनेश थामी, ओ.एस. नेपालका अध्यक्ष विवेक कार्कीलगायतका विशेष अतिथीहरुले संयुक्त रुपमा संयुक्त रूपमा विमाेचन गरेका हुन् ।
कार्यक्रमका विशेष अतिथि डा. दिनेश प्रसाद थामीले साहित्य, संगीत लगायत विविध क्षेत्रमा अनवरत यात्रा निरन्तर लाग्नु भएका अमरको यस स्थानसम्म आइपुग्नमा परिवारकाे अपार मायाका कारण मुख्य भूमिका रहेको जनाए ।
ओसए बोर्ड मेम्बर हरि अधिकारीले डियर भेक्सिन कोरोना भाइरसकाे संक्रमणकालिन अवस्थामा भ्याक्सिनको कथालाई समावेश गरेर साे उपन्यास रचिएकाे जनाउँदै ओएस नेपालले अहिलेसम्म १५ कृति प्रकाशित गर्न सफल भएको जनाए ।
सो कृतिको अडियोकाे विमोचन शंकर धामी गरिएको कार्यक्रममा अडियोमा स्वर भर्ने भाष्कर श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
प्रा.डा. डा. गार्गी शर्माले बहु आयामिक व्यक्तित्का धनी अमर साहित्यमा कल्पना शिलता, सृजनशीलता अनुकरणीय रहनुका साथै सबै विद्यामा कलम चलाएर निरन्तरता दिइ रहनु सबैकाे लागि उदाहरणीय बनेकाे जनाउँदै जन्माेत्सवकाे उपलक्ष्यमा शुभकामना व्यक्त गरेकाे थियाे ।


















