रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न भइरहेको बताए । जो आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको हावा दिने गरेको भन्दै उनले भने, ‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको छ । यो बिल्कुल झुटो हो ।’
‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो हामी सबैले बुझ्न जरुरी छ ।’ याे गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने उनले जनाए ।


















