डलरको भाउले नेपाली अर्थतन्त्र प्रभावित

89

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेर १२५ रुपैयाँ २२ पैसा पुगेको छ ।
डलरको भाउ अझै बढ्ने बताइएको छ ।

एक्कासी बढेको डलरको भाउले नेपाली अर्थतन्त्र प्रभावित बनेको छ । डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

यतिबेला एकातिर डलरको भाउ बढ्ने तथा अर्कातिर पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाली अर्थतन्त्र निकै प्रभावित बनेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा मुख्य रुपमा रुस–युक्रेन युद्धलाई कारण मानिएको छ ।
नेपाल आयातमा निर्भर रहने मुलुक हो ।

डलरको भाउ बढ्ना साथै नेपाललाई थप आर्थिक भार पर्न जान्छ । आयातित सबै बस्तुको भुक्तानी डलरमा गर्नुपर्ने भएकाले भुक्तानी महँगो हुनुका साथै आयातित सम्पूर्ण वस्तुहरु महँगो हुन जान्छन् ।

त्यतिमात्रै होइन् ,पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात,ढुवानीको भाडा,लत्ताकपडा,खाद्यवस्तुदेखि फलफुल सागसब्जी,तरकारी लगायत सबै महँगो भएको छ ।

तर डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई फाइदा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here