काठमाडाैं । कारो फिल्म्स् ब्यानरले नयन राज पाण्डेको चर्चित ल उपन्यासमा चलचित्र बनाउन लागेको हो। यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन्।
निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच चलचित्र निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। निर्देशक भट्टराई ले जात्रा , जत्रै जात्रा , सत्रु घते जस्ता उत्कृष्ट सफल चलचित्रको निर्देशन तथा निर्माण गरेका छन्। लू उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाईमा जति रोमान्चक छ चलचित्र हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ। एउटा पुरा प्याकेज बन्ने छ।


















