लू उपन्यासकाे चलचित्र बन्दै

106

काठमाडाैं । कारो फिल्म्स् ब्यानरले नयन राज पाण्डेको चर्चित ल उपन्यासमा चलचित्र बनाउन लागेको हो। यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन्।

निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच चलचित्र निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। निर्देशक भट्टराई ले जात्रा , जत्रै जात्रा , सत्रु घते जस्ता उत्कृष्ट सफल  चलचित्रको निर्देशन तथा निर्माण गरेका छन्। लू उपन्यास उत्कृष्ट बिक्रेता भएको किताब हो र यो उपन्यास पढाईमा जति रोमान्चक छ चलचित्र हेर्दा पनि तेतिकै नै मज्जा आउने भएको छ। एउटा पुरा प्याकेज बन्ने छ।

राम्रो सेन्स अफ ह्युमर भएको यो उपन्यास मा बच्चा देखि वृद्धा ले हेर्ने मिल्ने छ। यसमा नेपाल र भारतको सिमा को पनि विषय उठेको छ। दर्शकलाई मनपर्ने कथा , विषय , ह्युमर सबै उपन्यासले समेटेको छ। यो कारो फिल्म्स ब्यानरको मुख्य उद्देश्य नेपाली फिल्मलाई अर्को उचाई मा लाने कम्पनी को धारणा छ र एस्तो नेपाल को विषय बस्तु पनि संसार ले हेर्नु पर्ने भन्ने भनाइ छ। साथै कारो फिल्म्सले यो लगायत अरु पनि बिग बजेट फिल्म्स बनाउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here