विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना नियन्त्रणमा

71

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका ३८ वर्षीय जर्मन नागरिक मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए।

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन्।

प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए। सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ।

इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए। उजुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here