कांग्रेसकाे पदाधिकारी बैठकमा निर्वाचनको कानुन परमार्जन

89

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको मंगलबारको पदाधिकारी बैठकमा निर्वाचनको कानुन परमार्जन एवम् परिस्कृत गर्ने सम्बन्धनमा छलफल भएको छ।

ललितपुरस्थित बीपी स्मृति भवनमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बसेको सो बैठकमा  कानुनविद्सँग छलफल गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठकमा पार्टीका भ्रातृ एवम् शुभेच्छुक संघ, संस्थाहरु पछिल्लो परिवर्तित परिस्थितिबारे छलफल भएको उहाँले बताउनुभयो। ‘‘प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा कार्य व्यवस्तताका कारण बैठकमा उपस्थित हुन सक्नुभएन’’, उहाँले भन्नुभयो।

मंगलबार दिउँसो १ बजेदेखि सुरु भएको कांग्रेस पदाधिकारी बैठक साँझ ५ बजेसम्म चलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here