काठमाडाैं । नेपालको संविधान अनुसार गठन भएको भाषा आयोगले वागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामाजि भाषाको रुपमा मान्यता दिनका लागि गरेको सिफारिस अनुसार कानुन बनाई लागू गर्ने सवालमा सरकालेले बेवास्ता गरेमा प्रमुख प्रतिपक्ष एमालेले संकल्प प्रस्ताव लाने भएको छ ।
नेवाः देय् दबू काठमाण्डौ जिल्ला समितिको आयोजनामा शनिवार राजधानीमा भाषा आयोगको सिफारिसको सवालमा गरेको अन्तक्र्रिया कार्यक्रमा एमालेका वागमती प्रदेश सांसद राजेश शाक्यले सो कुरा बताउनु भएको हो । कार्यक्रमा एमालेका अर्का सांसद नारायण सिलवालले पनि आफ्नो पार्टी वागमती प्रदेशमा कामकाजि भाषाको रुपमा नेपालभाषा र तामाङ भाषालाई कार्यान्वयन गर्न आवश्यक पहल गर्ने पक्षमा रहेको बताउनु भयो । सो अन्क्रक्रिरया कार्यक्रममा नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्य र भिमसेन खत्रीले समेत भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तमाङ भाषालाई कामकाजि भाषाको रुपमा लागू गराउनका लागि आफूहरुले भूमिका खेल्ने बताउनु भएको थियो ।
नेवाः देय् दबू काठमाण्डौ जिल्ला अध्यक्ष धनबहादुर महर्जन तिमिलाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा आयोगले नेपालभाषा र तामाङभाषालाई वागमती प्रदेशमा काममाजि भाषाका लागि सिफारिस गरेदेखि हालसम्म भएका पहलकदमिको विवरण दिदै अवका दिनमा सांसदहरुले संसदमा र समुदायले सडकमा आफ्नो दबावमुलक कार्यक्रम गर्नुपर्ने बताउदै आउदो साउन महिनादेखि प्रदर्शनका कार्यक्रम हुने समेत बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले वागमती प्रदेशका सांसदहरुसंग सर सल्लाह गरि भाषा आयोको सिफारिस अनुसार काम गराउन पहल गर्ने बताउनु भयो ।
काठमाण्डौमा भएको सो कार्यक्रममा काठमाण्डौ जिल्लाका सबै नगरपालिकामा रहेका नेवाः देय् दबूका नगर समितिका प्रतिनिधि, जिल्ला समिति र प्रदेश समितिका प्रतिनिधिहरु सहभागी भएका थिए । आज असार २५ गते शनिवारको दिनमा सो कार्यक्रम भएको हो ।

















