भृकुटीमण्डपको गोदाममा आगलागी

128

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् ।

उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।  अहिलेसम्म आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here