चितुवाको आक्रमणबाट नागार्जुन-८ मा पाँचजना घाइते

97

काठमाडौं ।  नागार्जुन नगरपालिका–८ भीमढुंगा हर्सनखोलामा गएराति चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसको चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका हुन् ।

चितुवाको आक्रमणबाट भट्टराईका घरमा रहेका पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

घाइते पाँचै जनाको शरीरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here