गभर्नरविरुद्ध आज माइतीघरमा विद्यार्थीको ‘कार्टुन’ प्रदर्शनी

87

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बर्खास्तीमा माग गर्दै आन्दोलित तीन विद्यार्थी संगठनले कार्टुन प्रदर्शनी गर्ने भएका छन्।

काठमाण्डौको माइतीघरमा आज ३ बजे नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल ( क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले गभर्नरको कार्टुन प्रदर्शनीसँगै अन्तर्क्रिया कार्यक्रम गर्ने भएका हुन्।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको एम अधिकारी गभर्नर अधिकारी नै रहेको दाबी गर्दै विद्यार्थी संघसंगठन केही दिनअघिदेखि गभर्नरको राजीनाको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्। महाप्रसाद अधिकारी उर्फ एम अधिकारीले राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको आरोप उनीहरुको छ।

यस्तै सेयर कारोबार, क्रिप्टोकरेन्सीजस्ता विभिन्न विवादमा मुछिएका गभर्न अधिकारी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको प्रमाणित भएको उनीहरुले दाबी गरेको छन्। उनीहरुले आगामी साउन ७ गतेसम्म गभर्नरको राजीनामा माग गर्दै आन्दोलन जारी राख्ने जनाएका छन्।

साउन ६ गते देशैभरिका क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने र साउन ७ गते संघीय संसद सदस्यहरुलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here