श्रीलंकामा नयाँ राष्ट्रपति विक्रमसिंघेविरुद्ध प्रदर्शन

79

एजेन्सी । श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमसिंघेविरुद्ध लगातार जनप्रदर्शन भइरहेको छ ।

शुक्रवार बिहान राष्ट्रपति सचिवालय नजिक सुरक्षाकर्मीहरूले विरोधकर्ताहरूलाई हटाएपछि गल फेस विरोधस्थलमा कम्तीमा नौजनालाई पक्राउ गरिएको छ ।

सुरक्षाकर्मी र विरोधकर्ताबीचको झडपमा कैयौं घाइते भएका छन् । प्रहरीले सेना तथा एसटीएफको सहयोगमा विरोधकर्ताहरूलाई राष्ट्रपति सचिवालयबाट हटाएको थियो ।

पक्राउ गरिएकाहरूलाई आज अदालतमा पेश गरिने प्रहरीको भनाइ छ । वारदात स्थल अनुसन्धान अधिकारी तथा औंठाछाप विश्लेषकहरूलाई वैज्ञानिक प्रमाण संकलन गर्नका लागि बोलाइएको छ । विक्रमसिंघे पनि पुरानो सत्ताको निरन्तरता भएको भन्दै उनका विरुद्ध प्रदर्शन भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here