नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा असोज ३ देखि ५ गते सम्म ‘साउथ एसिया टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल’को वर्कशपमा दक्षिण एसियाका दुरसञ्चार नियामक निकायका प्रतिनिधिको भेला हुन लागेको हो ।
प्रत्येक वर्ष हुँदै आएको सो वर्कशप यसपटक नेपालमा हुन लागेको हो । धुलिखेल रिर्सोटमा तीन दिनसम्म चल्ने सो वर्कशपमा हवावे, फेसबुकका प्रतिनिधिहरु पनि सहभागी हुने प्राधिकरणका निर्देशक दिपक आचार्यले जानकारी दिएका छन् ।


















