शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि एक जना नर्स उपलब्ध गराउने

109

शताब्दी पुरूष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सकारले एक जना नर्स उपलब्ध गराउने भएको छ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

संस्कृतिविद् जोशी पछिल्लो समय स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना भएका छन्। जोशीलाई डेंगी भएको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here