पारिवारिक कथामा आधारित चलचित्र ‘महापुरुष’को हल ट्रेलर रिलिज

211

काठमाडाैं । चलचित्र ‘महापुरुष’को हल ट्रेलर रिलिज गरिएको छ। केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत ट्रेलर रिलिज गरिएको हो। सामाजिक विषयवस्तु र पारिवारिक कथामा आधारित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरू विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सबिन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ। चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दै हुनुहुन्छ।

असोज २५ देखि ३० गतेसम्म मोफसलका सात सहरमा चलचित्र प्रचारप्रसारका लागि भ्रमण हुँदै छ। ‘मोफसल टुर’अन्तर्गत असोज २५ मा बिर्तामोडस्थित वान स्टप मल, असोज २६ मा इटहरीको जनता प्रावि मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौँडाको हुप्रचौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथस्थित टक्सार कम्प्लेक्सअगाडि र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here