पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर

67

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो ।

बुधबार घोषणा गरिएको पुटिनको आदेशले रुसी सीमा क्षेत्रका अधिकारीहरूलाई थप शक्ति दिएको छ ।

“हामी रुसको सुरक्षा सुनिश्चित गर्न र भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू गरिरहेका छौँ,” पुटिनले भने ।

यो आदेशले त्यस क्षेत्रहरूबाट र भित्र आवागमन सीमित गर्न तथा त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न अनुमति दिएको छ ।

किभका एक अधिकारीले उक्त आदेशले केही परिवर्तन नहुने बताएका छन् । अलजजिरा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here