गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित

82

गुल्मी । गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित रहेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मी दरबार गाउँपालिकामा २४ जना, छत्र कोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र गाउँपालिकामा ३७ जना, चन्द्रकोट गाउँपालिकामा १९ जना, काली गण्डकी गाउँपालिकामा ४ जना, सत्यवती गाउँपालिकामा ५९ जना, मालिका गाउँपालिकामा १९, इस्मा गाउँपालिकामा १९ जना, धुर्कोट गाउँपालिकामा २६ जना एचआइभी/एड्स सङ्क्रमित रहेका छन् ।

जसमध्येबाट १९१ जनाले एआरटीबाट सुविधा लिइरहेका छन् । जिल्लामा नार्डेक नेपालले प्रवासी र तिनीहरूको दम्पतीको लागि एचआइभी परीक्षण गरिरहेको नार्डेक नेपाल गुल्मीका उपाध्यक्ष गुणानिधि शर्माले जानकारी दिनुभयो ।

“ग्लोबल फन्ड सेभ द चिल्ड्रेन”को आर्थिक सहयोगमा नार्डेक नेपालले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै इपिक नेपाल तथा राष्ट्रिय एचआइभी/एड्स महासङ्घको आर्थिक सहयोगमा हाम्रो जीवन प्लसले सामुदायिक हेरचाह केन्द्र र घर समुदायमा आधारित कार्यक्रम अन्तर्गत एचआइभीको जोखिम समूहलाई एचआइभी सङ्क्रमण परीक्षण गर्दै आएको छ ।

गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here