काठमाडौं । आज देशका ही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ ।
आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ मापन भएको छ । सोमबार यहाँको तापक्रम ५.५ रहेको छ । तापक्रम घटेसँग काठमाडौंमा जाडो महसुस हुन थालेको छ ।


















