काठमाडौं । पूरै विश्व पेलेका लागि शोकमा छ । ब्राजिलमा राजाको मान्यता पाएका महान फुटबल पेलेले ८२ वर्षको उमेरमा मृत्युवरण गरे । उनी एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।
छोरी केली नासिमेन्तोले सामाजिक सन्जालमार्फत उनले निधनको पुष्टि गरेकी हुन् । ‘हामी जे छौं त्यसका लागि तपाईं धन्यबादको पात्र हुनुहुन्छ । हामी तपाईंलाई अनन्तकालसम्म माया गछौं । रेस्ट इन पिस ।’
पेले तीनवटा विश्वकपको उपाधि जित्ने एकमात्र फुटबलरका रुपमा संसारभरबाट सम्मानित छन् । पहिलोपल्ट १७ वर्षको उमेरमा १९५८ मा विश्वकप जितेका उनले चार वर्षपछि चिलीमा दोस्रोपल्ट उपाधि उचाले । त्यसपछि सन् १९७० मा मेक्सिकोमा प्रतिष्ठित तेस्रो जित निकाले ।
तस्वीरहरु : डेली मेलबाट






































