ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम सञ्चालन

108

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तेस्रो समूहको तालिम सञ्चालन भएको छ ।

सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले शुक्रबार आयोजित एक कार्यक्रमबीच तालिम उद्‍घाटन गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरण एंव नियन्त्रण तथा अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सफल हुने बताउनुभयो । साथै उहाँले घटनास्थलको रेखा चित्रणले सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ठूलो भूमिका खेल्ने बताउँदै प्रशिक्षार्थीले तालिममा सिकाइने ज्ञान सिपलाई जिज्ञासु भई हासिल गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा तालिम सह संयोजक प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३२ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here