एजेन्सी । इण्डोनेशियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भू-गर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।
भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराईमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पुर्याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।


















