रोजगारीको सुवर्ण अवसरसँगै नेपालभाषा स्नातक र स्नातकोत्तर तहमा भर्ना हुन अनुराेध

394

काठमाडौं । नेपालभाषा अभियान्ताहरुको अथक प्रयासबाट रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा दुई दशक पश्चात् स्नातक तहमा नेपालभाषा विषय पुनः स्थापना गर्दै नेपालको शिक्षा इतिहासमा नेपालभाषाको स्नातकोत्तर तहको अध्यापन केन्द्र बाहेक त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा पनि नेपालभाषाको अध्यापन सञ्चालन गराउन सफलता हासिल गरेर पश्चात् रत्न राज्यलक्ष्मी क्याम्पस लगायत २४ वटा क्याम्पसहरुमा पहिला सकृय रहेको साहित्यिक पत्रिका पतन अवस्थामा रहेका पाःलाहरुलाई पुर्ण जीवन दिने उद्वेश्यले रत्न राज्यलक्ष्मी क्याम्पसमा रहेको सुकुन्दा साहित्य पाः लाः पुनः गठन गरेर सुकुन्दा साहित्य पाः लाः स्थापना भएको ४३ औं जन्मोत्सवको उपलक्ष्यमा नेपालभाषा अभियान्ताहरुले वि.सं. २०७३ साल देखि गर्दै आइरहेका विविध गतिविधिहरुलाई सामेल गरेर सुकुन्दा दँपौ सातौं अंक प्रकाशनमा ल्याएर अरु पाः लाहरुलाई पनि जिवनतादिन सघाँउ पुर्याउदै आइरहेको छ। नेपालभाषा अध्ययनसंगै रोजगारीको अवसर पनि बढ्दै गइरहेको छ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा अन्तर्राष्ट्रिय स्पेतार्काे खेलाडी सुमित्रा डंगोल, राष्ट्रिय खो-खो खेलाडी बिक्कीराज महर्जन, महाकाव्यकार प्रशान्त डंगोल, पत्रकार रिदेन महर्जन, गायिकाहरु अध्ययनरत छन्।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका,टोखा नगरपालिका कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिकाहरुमा नेपालभाषा अध्यापन हुँदै आइरहेको छ र सो संगै रोजगारको अवसर पनि सृजना भइरहेको छ। बिहानी सत्रमा स्नातक तहमा नेपालभाषाको अध्यापन रत्न राज्य क्याम्पस प्रदर्शनी मार्ग, पद्यम कन्या क्याम्पस बागबजार,पाटन बहुमुखी क्याम्पस पाटन ढोकामा अध्यापन हुँदै आइरहेको छ।

उच्च शिक्षा हासिल गर्न चाहानेहरुका लागि स्नातकोत्तर तहको अध्यापन प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७८ सालदेखि अध्यापन भैरहेको छ। क्याम्पसको तर्फबाट स्नातकोत्तर तहमा अध्यापन गर्ने दुई जना विद्यार्थीहरुका लागि क्षात्रवृत्तिको व्यवस्था पनि गरिएको छ।

नेपालभाषा पुनः स्थापना गरेको छोटो समयमै यति धेरै सफलता हासिल गर्न सफल अभियान्तहरु आगामी दिनहरुमा नेवाः विश्वविद्यालय  स्थापनाको अभियानामा लम्कीरहेको छ। तपाईंहरुपनि विश्वमै सभ्य समुदायको परिचय बोकेको नेपालकाे नेवाः कला संस्कार, संस्कृति, वास्तुकला, कास्थकला, हस्तकला, औषधी विज्ञानवारे जान्नका लागि समयमै नेपालभाषा अध्ययन गर्न नेवाः विध्यार्थी युनियनले अनुराेध गरेका छन् ।

स्नातकोत्तर तह (MA) प्रथम सेमेष्टरमा नया बिद्यार्थी भर्ना हुन आर आर क्याम्पसमा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले अनलाईन (Online) आवेदन फारम भर्दा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको वेवसाइट www.tufhoss.edu.np मा गइ https://entrance.tufohss.edu.np/ मा रजिष्टर गरी आफुले अध्ययन गर्न चाहेको विषय छनौट गरि Campus/College छनैट गर्दा Ratna Rajyalaxmi Campus छनौट गर्नुपर्ने छ ।
आवेदन फारम भर्ने समयावधि:
२०७९ साल पौष ५ गते देखि माघ १० गते रातको १२:०० बजे सम्म (आवेदन दस्तुर रु.१,५००/-)।
विलम्व शुल्कमा आवेदन भर्ने समयावधिः
२०७९ साल माघ ११ गते देखि १७ गते रातको १२:०० बजे सम्म (विलम्ब आवेदन दस्तुर रु.३,०००/-)।
आवेदकहरुले दस्तुर online मार्फत e-Sewa अथवा Khalti बाट जम्मा गर्नुपर्नेछ । आवेदन दस्तुर फिर्ता हुने छैन ।
साथै म्याद नाघी प्राप्त हुन आएको र रीत नपुगेको आवेदन फारम उपर कुनै कारवाही हुने छैन ।
प्रवेश परीक्षा र अन्य जानकारीको लागि www.tufohss.edu.np मा हेर्नु होला ।
Ratna Rajyalaxmi Campus offers NINE Master’s Degrees in the following subjects:
1) Master of Arts in Nepalbhasa -evening Shift

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here