प्रधानमन्त्री प्रचण्डद्वारा टर्की भूकम्पमा मृत्यु भएकोप्रति श्रद्धाञ्जली अर्पण

43

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थानीय समयअनुसार सोमवार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here