राष्ट्रिय स्वतन्त्र पार्टीको बहिर्गमनले सरकार संकटमा परेकाे छैन

68
sf7df8fF}, @^ k';M k|ltlglw;ef a}7sdf g]qL zdf{ k|ltlglw;efsf] dªunaf/ a;]sf] a}7sdf wf/0ff /fVg'x'Fb} g]skf -dfcf]jfbL s]G›_sf g]qL /]vf zdf{ . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार संकटमा नपरेको बताएकी छन्। मन्त्रिपरिषद्को निर्णय सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको बहिर्गमनले सरकार संकटमा नपरेको बताएकी हुन्।

‘उहाँहरुले सरकार छाडेर जानुभएको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छैन। सरकार संकटमा भन्ने जस्तो स्थिति देखिँदैन। तर उहाँहरुले सरकार छाड्नुभयो। उहाँहरुको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो,’ उनले भनिन्।

उनले उच्चस्तरीय राजनीतिक संयन्त्रमा पनि यस विषयमा छलफल हुने बताइन्। प्रधानमन्त्रीले पनि सार्वजनिक रुपमा यस विषयमा बोलिरहेको उनले स्मरण गराइन्। ‘हामी यो गठबन्धनलाई बचाउनका निम्ति र उहाँहरुलाई पनि सरकारमा सहभागी गराउनका निम्ति हामी प्रयत्नशील छौँ भनेर बोल्नुभएको छ। त्यसैका निम्ति प्रयत्न भइरहेका छन्,’ उनले भनिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा गत माघ १३ गते सर्वोच्च अदालतले फैसला सुनाएको थियो। नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनले सांसद, मन्त्री तथा पार्टी सभापति पद गुमाएका थिए।

लामिछानले माघ १५ मै नागरिकता पुनःप्राप्ति गरी आफूलाई पुरानै पदमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब बढाएका थिए। तर प्रचण्डले अस्वीकार गरेपछि गत आइतबार सो पार्टीका अन्य मन्त्रीले पनि राजीनामा दिएका थिए। सरकारबाट बाहिरिने निर्णय गरे पनि सो पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here