रूखबाट लडेर वृद्धको मृत्यु

52

बैतडी । रूखबाट लडेर बैतडीमा आज एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ नानरा भुगाडीका ७८ वर्षीय सालीभान धामी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

स्याउला काट्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here