२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल फाइनल पुग्याे

106

काठमाडाैं । बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेकाे छ ।

मंगलबार ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हराउन सफल भएकाे छ ।

एक गाेलले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् ।

भारतकी अपूर्ण नार्जारीले सान्त्वना गाेल गरिन् । जितसँगै नेपालले तीन खेलमा छ अङ्क जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बङ्गलादेशसँग आउँदाे बिहीवार खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here