सवारी दुर्घटनामा दुई जनाको मृत्यु

49

काठमाडौं  । झापाकाे  कन्काई नगरपालिका-३ नयाँबस्तिस्थित सडकमा बा.१८ च २२४७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३६ वर्षीया साबित्रा देवी भण्डारीको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै उदयपुरकाे कटारी नगरपालिका-३ राजाबासस्थित सडकमा प्रदेश १-०१-००१ च ८५९५ नम्बरको बोलेरोबाट लडेर सोही ठाउँ बस्ने ३३ वर्षीया रेणुका खड्गीको बिहीबार बिहान मृत्यु भएको छ । बोलेरोबाट झर्ने क्रममा मंगलबार साँझ लडेर गम्भीर घाइते भएकी उनको कटारी अस्पताल हुँदै बिराटनगर न्युरोमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here